लालपूर्जाको मागसहित बाँदरझुलाका सुकुम्बासी आन्दोलित

तस्बिर : अंगद ढकाल

काठमाडौँ — चितवनको बाँदरझुलाको सुकुम्बासी बस्तीका नागरिक काठमाडौं आएर प्रदर्शनमा उत्रेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट समय समयमा सास्ती खेप्दै आएका उनीहरुले लालपूर्जाको माग गरेका छन् । बाँदरझुला संघर्ष समितिको आयोजनामा भएको उक्त प्रदर्शनका क्रममा उनीहरुले सुकुम्बासी बस्तीको व्यवस्थापन गरिनुपर्ने भन्दै माइतीघरदेखि बानेश्वरसम्म विभिन्न नाराअंकित प्लेकार्ड र ब्यानरसहित र्‍याली गरेका थिए । बाँदरझुलामा ०४७ सालपछि मानिसहरु पुगेर बस्ती बसाएका थिए ।


प्रकाशित : पुस ४, २०७८ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्