कर्णालीका पहेँलपुर फाँट

काठमाडौँ — भेरी नदी किनारलगायत कर्णाली प्रदेशका फाँटहरु यतिबेला तोरी फुलेर पहेँलपुर छन् । सल्यान, रुकुम, जाजरकोट, सुर्खेतलगायत सिचाइँ नहुने जिल्लाका फाँटहरुमा वर्षे बालीलगत्तै तोरी र सर्स्यूँ रोप्ने गरिन्छ ।


नगदेबालीका रुपमा रहेको तोरी व्यवसायिक रुपमा खेती त गरिन्नँ तर किसानहरुले वर्ष दिनको घर खर्च धान्न यी दुवै बालीबाट तेल बनाएर बेच्ने गर्छन् ।









