कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका ७ तस्बिरहरु । चितवनको सौरहास्थित राप्ती नदी किनारमा साइबेरियाबाट आएका चखेबा चरा रमाउँदै । तस्बिर: हेमन्त श्रेष्ठ ।

विगत तीन वर्षदेखि आफूले गरेको बचत झिक्न नपाएको भन्दै सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्सका बचतकर्ताहरुले काठमाडौंको माइतीघरमा बिहीबार सहकारीविरुद्ध प्रदर्शन गर्दै । तस्बिर : अंगद ढकाल/कान्तिपुर

मुगु जिल्लाको भी प्रसूति गृहमा स्थानीयहरुलाई सोलार कुकरमा कसरी खाना पकाउने भन्ने सिकाउँदै अनमी । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

राजधानीको नयाँ बसपार्क नजिक रहेको खुला चौरमा भलिबल खेल्दै खेलाडीहरु । तस्बिर : कबिन अधिकारी

कुकुर र स्याल धपाउन साईरन बजाउँदै हुम्ला विमानस्थल परिक्रमा गर्दै अल्ट्रालाइट फायर भेहिकल । तस्बिर : हरिहरसिंह राठौर

सर्लाहीको पर्सा गाउँपालिकामा एकदिनको लागि एक किशोरीले अध्यक्षको जिम्मेवारी लिँदै । तस्बिर : ओमप्रकाश ठाकुर/कान्तिपुर

एमाले महाधिवेशनको दोस्रो दिन सौराहास्थित बन्द सत्रको लागि आईडी कार्ड देखाएर हल प्रवेश गर्दै महिला प्रतिनिधिहरु । तस्बिर : अंगद ढकाल


प्रकाशित : मंसिर १८, २०७८ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्