कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

शतबीज छरेर मनाइयो बाला चतुर्दशी

तस्बिर : दीपक केसी, तस्बिर : अंगद ढकाल

काठमाडौँ — पितृका नाममा दिपदान गरेर बिहीबार बेलुकादेखि बालाचतुर्दशी पर्व मनाइएको छ । पशुपतीनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अधिल्लो दिनदेखि नै मानिसहरूको भीडभाड थियो । रातभरि जाग्राम बसी, भजन किर्तन गरी दिप प्रज्वलन गरे पश्चात बिहान स्नान गरेपछि शुक्रबार बिहानैदेखि मानिसहरुले शतबीज छरेका छन् । शतबीज अर्थात् सप्तबीजमा धान, जौ, गहुँ, चना, मकै र कागुनो पर्दछन् ।

नेपालका विभिन्न स्थानमा विभिन्न किसिमका शतबीज तयार पारिन्छ । पशुपतीनाथ मन्दिर परिसरमा रहेको मृगस्थलीमा एउटा गेडा शतबीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने विश्वास धर्मावलम्बीहरूको रही आएको छ । पूर्व सन्ध्यामा पशुपतीनाथ मन्दिर क्षेत्रमा मानिसहरूको उपस्थित बाक्लो थियो ।


प्रकाशित : मंसिर १७, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्