कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बाला चतुर्दशीको पूर्वसन्ध्यामा पशुपतिमा भक्तजनको भिड

दिपेन्द्र रोक्का

काठमाडौँ — पितृका नाममा दिपदान गरेर बिहीबार बेलुकादेखि बालाचतुर्दशी पर्व मनाइँदैछ । पशुपतीनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अधिल्लो दिनदेखि नै मानिसहरूको भीडभाड हुने गर्दछ । यस दिन रातभरी जाग्राम बसी ,भजन किर्तन गरी दिप प्रज्वलन गरे पश्चात बिहान स्नान गरेपछि शतबिज छर्ने चलन रही आएको छ । शतबीज अर्थात सप्तबीजमा धान, जौ, गहुँ चना, मकै र कागुनो पर्दछन् ।

नेपालका विभिन्न स्थानमा विभिन्न किसिमका शतबीजहरु तयार पारिन्छ । पशुपतीनाथ मन्दिर परिसरमा रहेको मृगस्थलीमा एउटा गेडा शतबीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने विस्वास धर्मालम्बीहरूको रही आएको छ । पूर्व सन्ध्यामा पशुपतीनाथ मन्दिर क्षेत्रमा मानिसहरूको उपस्थित बाक्लो देखिन्छ । राति जाग्राम बस्ने भएका कारण पनि मानिसहरू पाल टाँग्न र दाउराको जोहो गर्न व्यस्थ देखिन्छन् ।

म्याट व्यापारीहरुको व्यापार पनि राम्रो भइरहेको छ । ३५० रुपैयाँमा म्याट र ४० रुपैयाँमा डोरी बेच्नेहरुको आवाजले पशुपती क्षेत्र यतिबेला गुञ्जयमान भइरहेको छ ।

बालाचतुदर्शीलाई मृत्युवरण गरेका पितृहरूको मोक्षयात्राको दिन पनि भनिन्छ र राति जाग्राम बसी दीप दान र भोलिपल्ट बिहान शतबीज छर्नाले मृतात्माहरूले चीर शान्ति पाउने धार्मिक विश्वास रही आएको छ ।


प्रकाशित : मंसिर १६, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्