कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्ती किनारमा अस्ताउँदो सूर्य [तस्बिरहरू]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — एमाले महाधिवेशनका कारण चितवनको सौराहामा यतिबेला चहलपहल बढिरहेको छ । देशभरका एमाले कार्यकर्ताहरु चितवनमा भेला भएका छन् । चितवनको सौराहा प्रमुख पर्यटकीय गन्तव्य क्षेत्र पनि हो । महाधिवेशनका कारण त्यहाँको पर्यटकीय गतिविधि बढेको छ । कान्तिपुरका फोटो पत्रकार हेमन्त श्रेष्ठले आइतबार अपरान्ह राप्ती किनारबाट खिचेका सूर्यास्त ।

प्रकाशित : मंसिर १२, २०७८ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङ माओवादी केन्द्रको ६ पालिकामा सर्वसम्मत कमिटी गठन

आश गुरुङ

लमजुङ — नेकपा (माओवादी केन्द्र) लमजुङले ६ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्वसहित पार्टी कमिटी गठन गरेको छ । सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका र राइनास नगरपालिका साथै दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकामा सर्वसम्मत कमिटी गठन गरेको माओवादी केन्द्रले जनाएको छ ।

आइतबारसम्म ६ वटा पालिकाको प्रथम अधिवेशन सकिएको र बेंसीसहर नगरपालिका साथै क्व्होलासोंथर गाउँपालिकाको अधिवेशन भने बाँकी रहेको पार्टी सविच सुनिल सुनारले बताए । बाँकी २ वटा स्थानीय तहमा १४ गते अगावै कमिटी गठन गरिने उनले बताए ।

सुन्दरबजार नगरपालिकामा अध्यक्ष मुरारी भुजेल, उपाध्यक्षमा सूर्य बहादुर बुढापृथि, सिर्जना अधिकारी र महेन्द्र अधिकारी, सचिवमा ध्रुवबहादुर विक, सहसचिवमा ज्ञानेन्द्र शर्मा र कोषाध्यक्ष अप्सरा विकसहित ५५ सदस्यीय कमिटी गठन गरिएको छ ।

मध्यनेपाल नगर कमिटीको अध्यक्षमा उपेन्द्र अधिकारी, उपाध्यक्षमा नवराज घिमिरे, सोमराज अधिकारी र कृष्णप्रसाद तिवारी चयन भएका छन् । सचिवमा रामकृष्ण भट्टराई, सहसचिवमा मैया मौराती र कोषाध्यक्षमा सपना घिमिरेसहित ४९ सदस्यीय कमिटी चयन भएको छ ।

राइनासको अध्यक्षमा पुष्प खनाल, उपाध्यक्षमा सूर्य नेपाली, राजकुमारी गुरुङ र हेमराज न्यौपाने, सचिवमा मनबहादुर गुरुङ, सहसचिवमा प्रेम श्रेष्ठ र कोषाध्यक्षमा खिला शर्मा घिमिरेसहित ६५ सदस्यीय कमिटी गठन भएको छ । दोर्दी गाउँपालिका अध्यक्षमा सागर गुरुङ, उपाध्यक्षमा रविन्द्र अधिकारी, आरती घिमिरे, चीन गुरुङ, सचिवमा सोमबहादुर गुरुङ, सहसचिवमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा शान्ता वि.क.सहित ४३ सदस्यीय कमिटी गठन गरिएको छ ।

दूधपोखरी गाउँपालिका अध्यक्षमा क्षेत्रबहादुर गुरुङ, उपाध्यक्षमा पूर्ण न्यौपाने, खेमबहादुर गुरुङ, माया दवाडी, सचिवमा श्यामकुमार श्रेष्ठ, सहसचिवमा रामचन्द्र न्यौपाने र कोषाध्यक्षमा निलकुमारी परियारसहित २१ सदस्यीय कमिटी गठन गरिएको छ ।

मर्स्याङ्दी गाउँपालिकामा २१ सदस्यीय कमिटी गठन गरिएको छ । माओवादी केन्द्रका सचिवालय सदस्य होमबहादुर विकले सोमबार ऊर्जामन्त्री पम्फा भुषाल खुदीमा आउने र उनको उपस्थितिमा घोषणा सभा गरी पदाधिकारी र सदस्यको घोषणा गरिने बताए ।

प्रकाशित : मंसिर १२, २०७८ १९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×