फाइजर खोप लगाउनेको भीड [तस्बिरहरू]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — १२ देखि १७ वर्ष उमेर समूह र दीर्घ रोगीहरूलाई फाइजर खोप लगाइएको छ । कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका र १२ वर्ष उमेरमाथिका व्यक्तिलाई दिइने फाइजर खोपको पहिलो मात्रा मंगलबार लगाइएको हो । खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड लागेको थियो ।

सुरक्षित र प्रभावकारी मानिएको यो खोपको दुवै मात्रा पूरा गरेमा ९५ प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा आठ र उपत्यका बाहिरका १६  गरी कुल २४ अस्पतालमा केन्द्र तोकेर गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको थियो ।

फाइजर खोप लगाउने लक्षित दीर्घ रोगी समूहमा मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण गराएका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका र मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्तिहरु पर्दछन् ।  


प्रकाशित : मंसिर ७, २०७८ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्