१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राजधानीमा विभिन्‍न विद्यार्थी संगठनले गरेको आन्दोलनका तस्बिरहरुले प्राथमिकता पाएको छ । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी सम्बद्धसहित विभिन्न ६ विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुले मूल्य वृद्धि फितार्को माग गर्दै राजधानीको भृकुटीमण्डपस्थित राज्यलक्ष्मी क्याम्पस अगाडि ग्यासको सिलिन्डर टाउकोमा बोकेर प्रदर्शन गरेका थिए । यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतमा धर्ना दिँदै आएका वकीलहरु र प्रहरीबीचको घम्साघम्सी, ललितपुरमा कात्तिक नाच, मौसम प्रतिकूलताले काठमाडौंको आकाश धुम्म भएको लगायत तस्बिर पनि इकान्तिपुरमा प्राथमिकताका साथ छापिए ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राजधानीको भृकुटीमण्डपस्थित राज्यलक्ष्मी क्याम्पस अगाडि ग्यासको सिलिन्डर टाउकोमा बोकेर प्रदर्शन गर्दै माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी सम्बद्धसहित विभिन्न ६ विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरू । तस्बिर: अनिश रेग्मी

कपिलवस्तुस्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल आसापस माछा मार्न हेलुका (माछा अडकाउने झाल) लिएर जाँदै थारु महिला । तस्बिर : मनोज पौडेल

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चन्द समूहले गरेको नेपाल बन्दमा नयाँ बजारमा गाडीको टायर बालेर अवरोध गर्दै एक आन्दोलनकारी । तस्बिर : कविन अधिकारी

काठमाडौंमा चिसो सुरु हुन थालेसँगै किर्तिपुरको बागभैरवबाट धुवाँ र धूलोबाट छोपिएको काठमाडौंको दृश्य । तस्बिर :बिजु महर्जन

सर्वोच्च अदालतको गेटमा धर्ना दिन लाग्दा वकिलहरु र प्रहरीबीच धकेलाधकेल । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अदालत प्रवेशमा रोक्न भन्दै वकिलहरुले मुख्य गेटसहित अन्य दुई वटा गेटमा गएर धर्ना दिन खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । तस्बिर : अंगद ढकाल

सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलअन्तर्गत शुक्रबार दशरथ रंगशालामा भएको सातदोबाटो युथ क्लब र फ्रेण्डस् क्लबका खेलाडीहरु । तस्बिर : हेमन्त श्रेष्ठ


प्रकाशित : मंसिर ४, २०७८ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्