१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

तस्बिरमा नेपालगन्ज म्याराथन

रुपा गहतराज, तस्बिर : केशव थापा

नेपालगन्ज — नेपालगन्जमा शनिबार भएको सातौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका किरण सिंह बोगटी तथा महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले हात पारेका छन् ।

किरणले निर्धारित दूरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् । सन्तोषीले १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेकी हुन् । नेपालगन्जमा उपाधि जितेका किरण र सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का विजेता हुन् ।

१३ औं सागका स्वर्णधारी किरणले त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावतलाई पछि पार्दै उपाधि चुम्न सफल भए ।१३ औं सागकी स्वर्णपदक विजेता सन्तोषीले साविक विजेता पुष्पा भण्डारीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

दोस्रो बनेका नरेन्द्रले २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । एपीएफका सन्तोषविक्रम विष्टले २ घण्टा ३३ मिनेट ३४ सकेन्डमा पूरा गर्दै तेस्रो बने । आर्मीका खडकबहादुर खड्काले २ घण्टा ३३ मिनेट ४५ सकेन्डमा पूरा गर्दै चौथो बनेका थिए । आर्मीका देवराज महतरा पाँचौं, पाँचथरका प्रताप धमसङ र प्यूठानका हिमु गिरी सातौं बनेका थिए ।साविक विजेता पुष्पा भण्डारीले १ घण्टा १९ मिनेट १८ सकेन्डमा दूरी पार गर्दै दोस्रो भइन् । तेस्रो भएकी सुर्खेतकी विन्दु हमालले १ घण्टा ३६ मिनेट ३९ सकेन्डमा पूरा गरेकी थिइन् । कन्चनपुरकी सरस्वती बोहरा चौथो, साधना शाही पाँचौं, बर्दियाकी कल्पना थारु छैटौं र सुखर्तेकी चन्द्रमाया राउत छैटौं र कोहपुरकी पुष्पा खड्का सातौं स्थान हासिल गरिन् ।

म्याराथनतर्फ विजेताले एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिएको छ । त्यसैगरी हाफ म्याराथन (महिला) तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पााचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार प्राप्त गरे । यो वर्ष म्याराथनका सबै विधाको नगद पुरस्कार राशिमा वृद्धि गरिएको हो ।

सातौं नेपालगन्ज म्याराथनमा अभिनेता राजेश हमाल सहभागी थिए ।नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको दिनलाई स्मरण गर्न प्रत्येक वर्ष नेपालगन्जमा म्याराथन हुने गर्दछ । यसपालि शनिबार पार्नका लागि घोषित मितिभन्दा एक दिनअघि म्याराथन आयोजना गरिएको हो  । धारा सातौं नेपालगन्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले गरे । 

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भूमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए।

त्यस्तै, महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छन् । पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन् ।


प्रकाशित : मंसिर ४, २०७८ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्