१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोरानाविरुद्धको फाइजर भ्याक्सिन आइतबारदेखि शनिबारसम्म लगाइँदै

दिपेन्द्र रोक्का

काठमाडौँ — नेपाल सरकारले आइतबारदेखि एक सातासम्म १७ वर्षमाथिका उमेर समूहलाई र दीर्घ रोग भएकालाई कोरानो विरुद्धको खोप 'फाइजर ' लगाउन सुरु गरेको छ । यो भ्याक्सिन अमेरिकी सरकारबाट कोभ्याक्स अन्तर्रगतको सहयोगमा नेपाललाई प्रदान भएको हो । यो भ्याक्सिन अशक्त र दीर्घ रोग भएका व्यक्तिहरूलाई पनि लगाइँदै छ।

डाइबेटिज, उच्च रक्तचाप, मिर्गौला, मुटु र फोक्सोमा समस्या भएका अंग प्रत्यारोपण गरेका र क्यान्सरबाट कोमामा परेका र शल्यक्रिया गरेका बिरामीले पनि यो भ्याक्सिन लगाउन सक्छन् । यसअघि पनि कम उमेर समूहका व्यक्तिहरुलाई फाइजर भ्याक्सिन दिइसकिएको छ ।

एउटा भाइलले ६ वटा डोज लगाउन सकिन्छ र कन्टेनरबाट निकाल्न साथ यसको प्रयोग गर्नुपर्ने हुन्छ। यसलाई माइनस ७० डिग्री तापमानमा राखिएको हुन्छ । स्वास्थ मन्त्रालयका अनुसार देसैभरिबाट तोकिएका २४ वटा अस्पतालहरूबाट यो भ्याक्सिन शनिबारसम्म लगाउन सकिन्छ । यो भ्याक्सिनको दोस्रो डोज भने १ महिनाभित्र लगाउने विश्वास स्वास्थ्य मन्त्रालयले लिएको छ ।


प्रकाशित : कार्तिक २९, २०७८ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्