१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

खाली ग्यासका सिलिन्डर बोकेर मूल्यवृद्धिको विरोध [फोटोफिचर]

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल सम्बद्ध विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि उनीहरूले खाली ग्यासको सिलिन्डर टाउकोमा बोकेर प्रदर्शन गरेका थिए ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सम्बद्धसहित विभिन्न ६ विद्यार्थी संगठनका विद्यार्थी नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् । आयल निगमका कार्यकारी निर्देशकको बर्खास्ती, मूल्यवृद्धि फिर्ता लगायतका माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको क्रममा उनीहरूले खाली ग्यासका सिलिन्डरमा 'बल्न देउ मलाई', 'गरिब जनताको घरमा म कसरी बल्ने' जस्ता सांकेतिक नारा लेखेर सरकारको विरोध जनाएका थिए । साथै केही वद्यार्थी प्रदर्शनकारीले थाल ठटाउँदै नारावाजीसमेत गरेका थिए ।

प्रकाशित : कार्तिक २८, २०७८ १५:४३

प्रतिक्रिया
पठाउनुहोस्