जहरसिंहपौवाबाट देखिएका हिमाल

तस्बिर : दिपेन्द्र रोक्का

काठमाडौँ — असोज/कात्तिक मौसम खुल्ने समय । जाडो पनि सुरु हुने समय । यहीबेला उपत्यकाबाट उत्तरतिर हिमालहरू छर्लंगै देखिन्छ । उपत्यकामा वायु प्रदूषण नहुँदो होस् त हिमाल अझै टल्किन्थे । उपत्यकाबासीले नजिकैबाट हिमाल नियाल्न धेरै टाढा जानै पर्दैन । नगरकोट, रानीकोट, सूर्यचौर, जहरसिंहपौवा, चन्द्रागिरी वा नजिकको हिल स्टेसनबाट हिमाल हेरेर आनन्द लिन सकिन्छ ।हेरौं काठमाडौंको उत्तरपूर्वमा रहेको जहरसिंहपौवाबाट देखिएका हिमाल र त्यहाँको जीवनशैली ।


प्रकाशित : कार्तिक २७, २०७८ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्

असनमा किनमेलको घुइँचो [तस्बिरहरु]

तस्बिर : दिपेन्द्र रोक्का

काठमाडौँ — दसैं सुरु भएसँगै काठमाडौं असन बजारमा पनि मानिसको भीड बढेको छ । त्यहाँ शनिबारको भीड देख्दा मानिसले कोरोना भाइरस संक्रमणको जोखिम बिर्सिसकेको आभाष हुन्थ्यो । भीडभाड भए तापनि व्यापारीहरू सोचेअनुरूप कारोबार नभएको बताउँछन् ।

राजधानीको असनमा लत्ता कपडादेखि खाद्यान्नका सामान सहजै पाउने भएकाले पनि यस क्षेत्रमा मानिसहरूको विशेष भीड लाग्ने गर्छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने पर्व बडादसैँ बिहीबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने गरिन्छ । यस वर्ष टीका २९ असोजमा परेको छ । जसका लागि काठमाडौंबाहिर नै नागरिकको संख्यासमेत बढीरहेको ट्राफिक प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन २३, २०७८ २०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×