वसन्तपुरमा भिन्तुना ११४२ र्‍याली

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — नेपाल संवत् ११४२ को उपलक्ष्यमा काठमाडौंको वसन्तपुरमा भिन्तुना र्‍याली आयोजना गरिएको छ । र्‍यालीमा सहभागीहरुले वसन्तपुर दरबार क्षेत्र परिक्रममा गरेका थिए ।

र्‍यालीमा नेवारी वेशभूषामा सजिएका पुरुष तथा महिलाको उल्लेख्य सहभागिता थियो । र्‍यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो । यस्तै, सोही कार्यक्रम स्थलमा सडक विस्तारका कारण मर्कामा परेका पीडितहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित आफ्ना मागहरू समेत प्रदर्शन गरेका थिए ।

नेपालको मौलिक संवत्‌का रुपमा रहेको नेपाल संवत् राष्ट्रिय विभूति शंखधर साख्वा:ले चलाएका हुन् । सोही उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्‌का प्रवर्तक शंशधर साख्वा:को प्रतिमामा माल्यार्पण गरेका थिए । सोही उपलक्ष्यमा नेवारी समुदायले शुक्रबार राति घरघरमा म्हःपूजा गर्ने कार्यक्रम छ ।


प्रकाशित : कार्तिक १९, २०७८ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्