कोप २६ मा प्रधानमन्त्री देउवाको भावभंगी [तस्बिरहरू]

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिने क्रममा अहिले बेलायतमा छन् । गत शुक्रबार बेलायत गएका देउवाले सोमबार 'लिडर्स सम्मेलन'मा सम्बोधन गरिसकेका छन् । त्यहाँ उनले जलवायुसम्बन्धी प्रभावित मुलुकहरुलाई विकासित देशहरुले दिने भनेको आर्थिक सहयोग दिन माग गरेका छन् । औपचारिक सम्मेलनसँगसँगै उनी सम्मेलनका क्रममा हुने साइडलाइन भेटघाटहरूमा पनि संलग्न छन् । उनले यसक्रममा शक्ति राष्ट्रका सरकार प्रमुखहरूसँग भेट गरिसकेका छन् । उनले अमेरिकाका राष्ट्रपति जोन बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, मंगोलियाका राष्ट्रपति अखना खुरेल्सुकदेखि भारतका प्रधानमन्त्रीसम्म भेटिसकेका छन्  । यी भेटघाटमा प्रधानमन्त्री देउवाको भावभंगी धेरै हँसिलो देखिएको छ । पाँचपटकसम्म प्रधानमन्त्री भइसकेका देउवाका लागि यस्ता अन्तर्राष्ट्रिय फोरमहरू नौला होइनन् । त्यसैले तस्बिरहरूमा उनी 'कन्फिडेन्ट' देखिन्छन् ।तस्बिरहरूः रासस, रोयटर्स र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीको ट्विटर

तस्बिरहरू : रासस/रोयटर्स


प्रकाशित : कार्तिक १६, २०७८ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्