हिँड्दाहिँड्दै हराउँछ फुटपाथ

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — संघीय राजधानीको महत्त्वपूर्ण क्षेत्र हो काठमाडौं महानगर । विकास निर्माण र सभ्य सहरीकरणका लागि यसले जस्तो तौरतरिका अपनाउँछ, मुलुकका अरु स्थानीय तहका लागि सिकाइ बन्ने मानिन्छ । तर यही जेठो महानगरका सडकपेटी हिँड्दाहिँड्दै बीचैमा हराउँछन् । सडक विस्तार गरिँदा कतै व्यक्ति र नियोगले सडकपेटी ओगटे भने कतै सरकारका निकायले नै छाडेन । धेरै ठाउँमा सडकपेटी कतै घर र पर्खालमा पुगेर टुंगिन्छन्, कतै बिजुलीका पोलमा । सडक विस्तारसँगै कतै पेटीमै घरका पिलर छन् ।

बौद्ध

महानगरले हरियाली कार्यक्रमअन्तर्गत ती पेटीमा बिरूवा रोप्दा कति ठाउँमा हिँड्नै नमिल्ने भएको छ । हिँड्दाहिँड्दै पेटी सकिएपछि पैदलयात्रु फेरि सडकमै ओर्लन बाध्य हुन्छन् । त्यति मात्र होइन, सडकपेटीमा खाल्डाखुल्डीका साथै ठूलै भ्वाङ पनि ठाउँठाउँमा भेटिन्छ । सुरक्षित भनिएका सडकपेटी व्यवस्थित नहुँदा जोखिम पनि उस्तै छ । बौद्धस्थित प्रहरी कार्यालयको भवनमुनि सडकपेटी छ । कमलपोखरीमा घरको पिलर सडकमै ठडिएको छ । चारखालमा हिँड्दाहिँड्दै पेटी घरमा पुगेर अन्त्य भएको छ । रातोपुलमा पनि यस्तै छ । सडकपेटीको बीच भागमा बिजुलीका पोल त गनिसाध्य छैनन् ।

कमलपोखरी

कमलपोखरी

बौद्ध

कमलपोखरी

डिल्लीबजार

डिल्लीबजार

डिल्लीबजार

कमलपोखरी

रातोपुल

रातोपुल

रातोपुल

ज्ञानेश्वर

रातोपुल

ज्ञानेश्वर

ज्ञानेश्वर


प्रकाशित : कार्तिक १४, २०७८ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्