बासमा बाढी पसेपछि...

कान्तिपुर संवाददाता

कात्तिक २ को बाढीले घरभित्र ल्याएको हिलो शनिबार बाहिर ल्याएर फाल्दै कैलालीको फाँटाका बालिका । सतिघाट नजिकैको फाँटाकी तारा चौधरी बाढीले घर डुबाएपछि अहिले आफ्ना तीन छोरीसहित सडकमा बसिरहेकी छन् ।

शनिबार बिहान पुग्दा उनी साइकल र प्लाइले बारेर सडकमा बनाएको अस्थायी घरमा फुको भात खाँदै थिइन् । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार यो क्षेत्र (टीकापुर–राजापुर) को भ्रमणमा आए पनि बाढीपीडितले भने सरकारबाट खासै राहत पाएका छैनन् । तारा र उनका छिमेकी डम्बर कडायतका अनुसार सरकारले चाउचाउ र चिउराबाहेक केही व्यवस्था गरेको छैन । बाढीमा किताब बगेका र भिजेका कारण छोरीहरुलाई कसरी स्कुल पठाउने भन्ने चिन्तामा उनी थिइन् ।

तस्बिर सौजन्य : यज्ञश


प्रकाशित : कार्तिक ७, २०७८ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्