यसरी सखाप भयो धानबाली [तस्बिर]

जितेन्द्र साह

विराटनगर — सीमावर्ती जहदा गाउँपालिकालाई पूर्वीदक्षिण मोरङको धान एवं तरकारी खेतीको केन्द्र मानिन्छ । यो गाउँको हरेक वडामा खेतीपाती हुन्छ । तर गाउँको सीमा भएर बग्ने लोहन्द्रा र सिंघिया खोलामा अविरल वर्षापछि आएको बाढीले धानबालीलाई सोत्तर पारेको छ । अधिकांश भागमा बाढीले चौपट गरायो ।

दसैंलगत्तै भित्र्याउन तयार राखेको धान कि त बाढीले बगाएको छ कि त उपभोग गर्न नमिल्ने गरी हिलोपानीले बर्बाद पारेको छ । गाउँपालिकाको कृषि प्राविधिक सौरभ सिंह राजपुतका अनुसार बालीले नौ वटै वडाको झन्डै ४ हजार २ सय विघा धानबाली र ३ सय ५ विघा तरकारी सखाप पारेको छ ।


प्रकाशित : कार्तिक ५, २०७८ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्