धान भित्र्याउँदै उपत्यकाका किसान

तस्बिर : अंगद ढकाल, दिपेन्द्र रोक्का

काठमाडौँ — केही दिनअघिको वर्षाका कारण पूर्वी र पश्चिम तराई क्षेत्रमा लगाइएको धानबालीमा ठूलो क्षति पुग्यो । भित्र्याउने बेला भइसकेको बाली नष्ट भएपछि किसान मर्कामा परेका छन् । सरकारले किसानलाई सान्त्वनाका लागि राहत दिने भनेको छ । कम क्षति पुगेको पहाडी तथा हिमाली भेगका किसान भने विस्तारै धान भित्र्याउन सुरसारमा लागेका छन् । यस्तै काठमाडौंको दक्षिणकालीस्थित फर्पिङ र ललितपुर खोकनाका किसानहरुले धान भित्र्याउन थालेका छन् ।

कात्तिक महिनामा पनि वर्षा भइरहेकोले बाली हुल्न नपाउने हो कि भन्‍ने चिन्ता उपत्यकाका काँठ क्षेत्रका किसानमा पनि देखिन्छ । पाकेको धान जोगाउने उद्देश्यले उनीहरुले उपत्यकामा मौसम सफा हुन नपाउँदै हतारमा धान काट्ने, झाँटने गरिरहेका छन् । गत सातादेखि नेपालका पूर्वी र पश्चिम भागमा वर्षाले धेरै नै धानबालीमा क्षति पुर्‍यायो ।


प्रकाशित : कार्तिक ५, २०७८ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्