१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

दाहालको रिफ्रेसमेन्ट : जिपलाइनमा सरर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धुलिखेल पुगेर जिपलाइनको अनुभव लिएका छन् ।

पारिवारिक भ्रमणका क्रममा नातिनातिनीसहित धुलिखेल पुगेका उनले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् । साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै दाहालले आफूले जिपलाइनको मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको उनको भनाइ छ ।

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको दूरी ११ सय मिटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फिट रहेको जिपलाइन ७० किलोमिटर प्रतिघण्टाको औसत गतिमा पार हुन्छ ।

काठमाडौंबाट करिब ३५ किलोमिटर दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रुपमा सुरु भएको हो । तस्बिरहरू : धुलिखेल जिपलाइन


प्रकाशित : कार्तिक ५, २०७८ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्