पुल हो कि पोखरी ! [तस्बिरहरु]

शब्द/तस्बिर : जितेन्द्र साह

विराटनगर — मोरङको विराटनगर एवं कटहरीको सीमास्थित सिंघिया पुल पानी परेपछि पोखरीमा परिणत हुन्छ । जसले गर्दा वारपार गर्न सकस हुन्छ । अविरल वर्षापछि मंगलबार पनि उक्त पुलमा बिहानदेखि तलाउ बनेको छ ।

प्रादेशिक राजधानी विराटनगरलाई मोरङको दक्षिणपूर्वी भेकसँग सीधा जोड्ने सिंघिया पुलको अवस्थाबारे तीन तहकै सरकारलाई अवगत भए पनि जीर्णोद्धार हुन सकेको छैन । २०७४ को विनाशकारी बाढीमा यो पुललाई ठूलो क्षति पुगेको थियो । उच्च शिक्षा, उपचार, किनमेल, उत्पादन बेच्न एवं रोजगारका लागि विराटनगर आउजाउ गर्न दक्षिणपूर्वी भेकका बासिन्दाले यही पुल प्रयोग गर्छन् ।

प्रकाशित : कार्तिक २, २०७८ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्