२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

धानको पाँजो पानीमा तैरिएपछि...

माधव अर्याल

रुपन्देही — आइतबारदेखि परेको वर्षाले पश्चिम तराईका अधिकांश खेतका धानको पाँजो नष्ट पारेको छ । धान काटेर भित्र्याउनुअघि नै पानीले धान भिजाउँदा किसानहरु चिन्तित छन् ।

आइतबारदेखिको अविरल वर्षाले रुपन्देही आसपासका खेतका धान पनि नष्ट गरेको हो । रुपन्देहीको देवदह नगरपालिका ४ स्थित भवानीपुरमा काटेर सुकाउँदै गरेको धान वर्षाले भिजाउँदा यहाँका किसानहरु चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर विष्टका अनुसार पश्चिम तराईका जिल्लाहरुमा ३० प्रतिशत खेतमै धान भिजेका छन् । रुपन्देहीसँगै बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत जिल्लाका किसानहरुले धान काटेर खेतमा सुकाए पनि थन्क्याउन पाएनन् ।


प्रकाशित : कार्तिक १, २०७८ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्