१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

जहाँ हिँड्दाहिँड्दै हराउँछन् फुटपाथ

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — संघीय राजधानी हो काठमाडौं महानगर । यहाँका भौतिक संरचना र अन्य विकास निर्माणका काम देशका सबै स्थानीय तहका लागि सिकाइ बन्न सक्छन् । तर देशकै ठूलो सहरका सडक तथा फुटपाथको अवस्था नाजुक छ । हरेक वर्ष सडक निर्माणका लागि ठूला योजना ल्याइन्छ । तर फुटपाथतिर भने धेरैको ध्यान जाँदैन । पैदलयात्रुका लागि साँघुरा र अव्यवस्थित फुटपाथलाई व्यवस्थित बनाउनुको सट्टा फुटपाथ नै मिच्ने गरी सडक वा घर निर्माण गरिएका थुप्रै उदाहरण छन् ।

बुजुलीका पोल र खाल्डाखुल्डीले गर्दा राजधानीकै पैदलयात्रुहरु हरेक दिन असुरक्षित यात्रा गर्न बाध्य छन् । यतिसम्म कि, कतिपय स्थानमा त सडकछेउमा हिँड्दाहिँड्दै बटुवाले सडकपेटी नै भेट्दैनन् । कतै सडक फराकिलो बनाउने क्रममा फुटपाथ नै मिचिदिने र केही स्थानमा भने सपिङ मल वा अन्य भौतिक संरचना सडकसम्मै जोडेर बनाइदिनाले यस्तो अवस्था देखिएको छ । काठमाडौंका व्यस्त ठाउँहरुमध्ये बौद्ध, ज्ञानेश्वर, रातोपुल, डिल्लीबजार, कमलपोखरीका सडक र फुटपाथमा खिचिएका यी प्रतिनिधि तस्बिरले यहाँको अव्यवस्थित संरचना देखाइरहेका छन् ।


प्रकाशित : आश्विन ३१, २०७८ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्