कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सल्यानका सुन्दर फाँट र काँठहरु [फोटो फिचर]

शब्द/तस्बिर : हरिहरसि‌ंह राठाैर

सल्यान — कर्णाली प्रदेशको सल्यान जिल्ला धार्मिक रुपले मात्रै नभएर कृषि उब्जनीको दृष्टिले पनि चिनिने गर्छ ।सुन्तला, हलुवावेद, अदुवा, टिमुर, कोदो, मकै, गहुँ, सिमी लगायत फलफूल र तरकारी पर्याप्त मात्रामा उत्पादन गर्ने जिल्लाको रुपमा पनि सल्यान चिनिन्छ । सल्यानको माल्नेटा अदुवा उत्पादनका लागि नेपाल लगायत विदेशमासमेत प्रख्यात मानिन्छ ।


माल्नेटाबाट मात्र वार्षिक १० करोड भन्दा बढी मूल्य बराबरको अदुवा निकासी हुने गर्छ । शारदा नगरपालिका वडा नं १४ र १५ मा पर्ने माल्नेटा(ढाडखानी)को रेशाविहीनअदुवाको नेपाल मात्रै नभएर भारतका दिल्लीसहित विभिन्न सहरमा व्यापार विस्तार भएको छ ।

अदुवा, सिमी, टिमुर, कोदो, मकै, गहुँ जस्ता नगदे बाली प्रसस्त उत्पादन हुने यस क्षेत्रमा प्रचुर मात्रामा सिस्नोसमेत पाइन्छ । सल्यानमा २ हजार ९० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिन्छ। यहाँ २८ हजार ३ सय ९२ मेट्रिक टन अदुवा उत्पादन हुने गरेको कृषि विकास कार्यालय सल्यानको तथ्यांक छ।

यसवाहेक यहाँको ऐतिहासिक शारदा नदी वरपर खुला फाँटमा लहलह धान फलेको दृश्यले कृषि उत्पादनसँगै कृषि पर्यटनको पनि सम्भावना देखाउँछ । यहाँका फाँटमा पर्याप्त धान, गहुँ लगायत अन्न फल्छन् भने काँठ क्षेत्रमा तरकारी र फलफूल ।

शारदा नदीको मुहान वागचौर थारमारेदेखि कालिमाटी दमदुवालीसम्म फैलिएको छ । शारदा नदी जति शान्त र सौम्य छ त्यति नै उत्पादन पनि हुन्छ ।

वागचौर नगरपालिका, सिद्धकुमाख, शारदा नगरपालिका, छत्रेश्वरी, त्रिवेणी र कालीमाटी गाउँपालिकासम्म बग्ने शारदा नदीको किनारमा थारमारे, मोख्ला, भोटेचौर, वरला, श्रीनगर, लान्ती, पुतलीबजार, लुहाम लगायतका ठूला बजारहरुले व्यापार धानेका छन् । शारदा नदीले भने जिल्लाको आधा चामल खपत धानेको बताइन्छ ।

प्रकाशित : आश्विन ३०, २०७८ १७:४८

प्रतिक्रिया
पठाउनुहोस्