कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

चचहुई...चचहुई [तस्बिरहरू]

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — चचहुई भन्दै दसैं तिहारसम्म रौनक बढाउने लिंगे पिङ विस्तारै हराउँदै गएको छ । ८/१० वर्ष अघि सम्म घटस्थापनादेखि नै गाउँ टोलमा रोटे, जाते र लिंगे पिङ हालेर गाउँले रमाउने गर्थे । तर हिजोआज निकै कम भएकोछ । रोटे र जाते पिङ त देख्नै छाडिएको छ । कही कही देखिए लिगे पिङ मात्रै देखिन्छ ।

दसैंसँग धार्मिक, ऐतिहासिक र साँस्कृतिक सम्बन्ध बोकेको लिंगे पिङ यो वर्ष जिल्लाका थोरै ठाउँमा मात्र देख्न सकिन्छ । यस वर्ष जिल्ला भर ६/७ ठाउँमा मात्र राखिएको छ । तर, पनि पिङ खेलेर गाउँ घरमा बालबालिकादेखि युवायुवती र वृद्धवृद्धा रमाइरहेका छन् । पिङ खेल्ने परम्परा कम हुँदै गएपनि मधेशदेखि पहाडसम्म पिङमा मच्चिनेहरु उत्तिकै छन् । भक्लापुर, बुङची, उप्टाहा, गोरुसिंगे र चप्परगाउ लगायतका ठाउमा मात्र लिंगे पिङ बनाइएकोछ ।

४/५ वर्ष सशस्त्र प्रहरीले जिल्लाका ठाउँठाउँमा लिंगे पिङ बनाउने गरेको थियो । तर, दुई वर्ष यता कोभिडका कारण नबनाइएको सशस्त्रको २८ नम्बर गणका उपरीक्षक ध्रुव कार्कीले बताए । अवस्था सामान्य भएपछि बनाइने उनले बताए ।


प्रकाशित : आश्विन २८, २०७८ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्