कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

यसरी भित्र्याइयो हनुमान ढोकाको दसैंघरमा फूलपाती [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — बडा दसैंको सातौं दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दसैं घरमा भित्र्याइएको छ । मंगलबार बिहान ८:२५ को साइतमा गोरखा दरबारबाट निकालिएको फूलपाती अपरान्ह साढे ४ बजे बाजागाजासहित दसैं घरमा भित्र्याइएको हो । अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा दसैं घरमा भित्र्याइएको हो ।

फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा छ । राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमान ढोका ल्याउने प्रचलन सुरु भएको बताइन्छ ।

प्रकाशित : आश्विन २६, २०७८ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्