जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रुबी खान [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — बाँकेको नेपालगञ्जबाट झण्डै ५ सय २० किमी पैदले हिँडेर न्यायको खोजीमा काठमाडौं आएकी रुबी खानलाई प्रहरीले शुक्रबार माइतीघर मण्डलाबाट पक्राउ गर्‍यो । उनी सँगै पक्राउ गरेका १३ जनालाई प्रहरीले मध्यरातमा रानीबारीस्थित मानव सेवा आश्रममा पुर्‍याएर प्रहरी निगरानीमा राख्यो ।

जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रुबी खान।

रुबीलाई भने प्रहरी वृत्त लैनचौरमा राखिएको थियो । पक्राउ गरिएका सबैजना शनिबार बिहान अबेर मात्र आश्रमबाट बाहिर निस्कन पाएका थिए भने रुबीलाई भने नेपालगञ्ज पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रुबी खान

महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दुर्गा दाहालले सर्वोच्च अदालतले २४ घन्टाभित्र पक्राउबारे जवाफ दिनु भनेर गरेको आदेशबारे आफू अनभिज्ञ रहेको बताए । यस प्रकरणबारे कान्तिपुरले सोधेको प्रश्नमा उनले विस्तृतमा कुराकानी गर्न आनाकानी गर्दै फोन काटिदिए ।

रुबी खानलाई काठमाडौंमा पक्राउ गरिँदै ।

जबकी शनिबार कान्तिपुरसँगको कुराकानीमा भने उनले रुबीलाई आफूहरुले पक्राउ नगरेको, माइतीघर आफ्नो कार्यक्षेत्र नभएको र पक्राउ गरेर अरु कुनै निकायले आफ्नो हिरासतमा ल्याएर राखेको भए थाह नभएको जवाफ दिएका थिए ।

रुबी खानलाई काठमाडौंमा पक्राउ गरिँदै ।


प्रकाशित : आश्विन २५, २०७८ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्