कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

असनमा किनमेलको घुइँचो [तस्बिरहरु]

तस्बिर : दिपेन्द्र रोक्का

काठमाडौँ — दसैं सुरु भएसँगै काठमाडौं असन बजारमा पनि मानिसको भीड बढेको छ । त्यहाँ शनिबारको भीड देख्दा मानिसले कोरोना भाइरस संक्रमणको जोखिम बिर्सिसकेको आभाष हुन्थ्यो । भीडभाड भए तापनि व्यापारीहरू सोचेअनुरूप कारोबार नभएको बताउँछन् ।

राजधानीको असनमा लत्ता कपडादेखि खाद्यान्नका सामान सहजै पाउने भएकाले पनि यस क्षेत्रमा मानिसहरूको विशेष भीड लाग्ने गर्छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने पर्व बडादसैँ बिहीबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने गरिन्छ । यस वर्ष टीका २९ असोजमा परेको छ । जसका लागि काठमाडौंबाहिर नै नागरिकको संख्यासमेत बढीरहेको ट्राफिक प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन २३, २०७८ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्