पोखरामा च्यांग्रा मेला ! [फोटोफिचर]

लालप्रसाद शर्मा

पोखरा — दसैंमा मिठो, स्वादिलो खाने र राम्रो लगाउने चलन छ । यसका लागि बजारमा किनमेल गर्नेको घुइँचो लाग्छनै । तर पोखरा तथा आसपासको क्षेत्रमा दसैंको अर्को मुख्य विशेषता वा आकर्षण हिमाली बाख्रा (च्यांग्रा)को मासु पनि थपिन्छ । दसैंमा सर्वसाधारणको पहिलो रोजाईमा च्यांग्रा पर्छ । ‘च्यांग्राको मासु नखाएसम्म दसैं आएजस्तो हुँदैन’, पोखरा र आसपासमा सुनिँदै आएको कुरा हो । शशै र च्यांग्रा पर्याय भइसकेका छन् ।

यतिबेला पोखराको जौबारी, याम्दी र हेम्जाअन्तर्गत मध्यपहाडी राजमार्गको ५/६ किलोमिटर सडक खण्डको छेउछाउ च्यांग्रामय छ । च्यांग्राका बथान, किन्ने ग्राहक, किनेर डोर्‍याउने र सवारी साधनमा राखेर हिँड्ने ग्राहकका कारण एकप्रकारको मेला नै लागेको छ । ‘मैले २५ वर्षदेखि च्यांग्राको मासु खाइरहेको छु यसपटक पनि छुटाउने कुरा भएन’, पोखरा तालचोकका यामबहादुर रानाभाटले भने, ‘महँगो भए पनि खानै पर्‍यो भनेर लिन आएको ।’ उनले ४० हजार रुपैयाँमा शनिबार च्यांग्रा किने ।


प्रकाशित : आश्विन २३, २०७८ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्