खाद्यबाट खसीबोका बिक्री सुरू [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत आज (शनिबार) बाट खसीबोका बिक्री सुरु भएको छ । चाडबाडको मुखमा खसीबोका बिक्रीमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारी घोषणाअनुसार बिक्रीमूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । खसीबोका खरिदका लागि सर्वसाधरणहरू बिहान ५ बजेदेखि नै लाइन लागेका थिए । बिहान ७ बजेदेखि खाद्यले बिक्री सुरु गरेको हो ।


प्रकाशित : आश्विन २३, २०७८ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्

धोबीखोलाको बाढीले चाबहिलमा तरकारी बजार डुब्यो

तस्बिर : दीपक केसी

काठमाडौँ — आइतबार रातिदेखि अविरल वर्षापछि धोबीखोलामा आएको बाढीले चाबहिलस्थित तरकारी बजार डुबानमा परेको छ । सोमबार बिहान ४ बजेदेखि तरकारी बजारमा बाढी पस्न थालेको थियो । बाढीका कारण तरकारी बजार जलमग्न भएको छ । अहिले मेसिनले तानेर पानी फाल्ने प्रयास भइरहेको छ ।

प्रकाशित : भाद्र २१, २०७८ ०९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×