१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

खाद्यबाट खसीबोका बिक्री सुरू [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत आज (शनिबार) बाट खसीबोका बिक्री सुरु भएको छ । चाडबाडको मुखमा खसीबोका बिक्रीमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारी घोषणाअनुसार बिक्रीमूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । खसीबोका खरिदका लागि सर्वसाधरणहरू बिहान ५ बजेदेखि नै लाइन लागेका थिए । बिहान ७ बजेदेखि खाद्यले बिक्री सुरु गरेको हो ।


प्रकाशित : आश्विन २३, २०७८ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्