१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

जब माइतीघरमै खाँदै थिए, उठायो प्रहरीले [फोटोफिचर]

धर्नामा सहभागी रुबी खान भन्छिन् 'हामी भागेर लुकेका छौँ'
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको अवस्थाबारे अनुसन्धान तथा छानबिनको माग गर्दै नेपालगन्जबाट २० दिनको पैदलयात्रापछि काठमाडौं आइपुगेका पीडित महिलाहरु शुक्रबार साँझ माइतीघरमा धर्ना बस्दै थिए । उनीहरुले चर्को चाराबाजी गरिरहेका थिएनन् । न्याय नपाउन्जेल त्यहीँ बस्ने भन्दै उनीहरु खुला आकाशमुनि रात छिचोल्ने तरखरमा थिए ।

उनीहरुको साथमा ब्यानर त थियो नै, राति ओढ्नका लागि ब्ल्यांंकेटसहित केही थान कपडा पनि थिए । सडकछेउमा बसेर रोटी खाइरहेका बेला अचानक प्रहरी टोलीले उनीहरुलाई उठाएर भ्यानभित्र कोच्न थाल्यो । '१३ जनालाई प्रहरीले उठाएर लग्यो । हामी लुकेर बसेका छौँ' आन्दोलनमा सहभागी रुबी खानले कान्तिपुरसँग भनिन्। शुक्रबार दिउँसोदेखि नै उनीहरुलाई माइतीघर छाड्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिँदैआएका थिए ।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा छानबिन र अनुसन्धान गर्न माग गर्दै उनीहरु नेपालगन्जबाट हिँडेरै बुधबार साँझ काठमाडौं आइपुगेका थिए । कालो ब्यानर बोकेर उनीहरुले माइतीघरमा शुक्रबार दिनभर धर्ना दिएका थिए । महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार । जस्ता नारा लेखिएका ब्यानर उनीहरुले बोकेका थिए ।


प्रकाशित : आश्विन २२, २०७८ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्