न्याय खोज्दै माइतीघर

तस्बिर : अंगद ढकाल

काठमाडौँ — न्यायको खोजीमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिला सहितको १४ जना न्यायको आवाज सुनाउन माइतीघर मण्डलामा पुगेका छन् । उनीहरू बिहान ११ बजेतिर माइतीघर मण्डलामा आएका हुन् ।लामो यात्रापछि थकेका देखिएका उनीहरू माइतीघर मण्डला छेउमा ब्यानर बोकेर उभिएका थिए । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा राम्ररी खोजीनिति नभएको दुईवटा विषय सुनाउन उनीहरू केन्द्र सरकारको दैलो ताकेर नेपालगन्जबाट हिँडेर बुधबार साँझ काठमाडौं आइपुगेका थिए ।

माइतीघरमा उनीहरूले कालो ब्यानर बोकेका थिए । जसको एक छेउमा नन्कुन्नीको तस्बिर छ । उनीहरूले बोकेका ब्यानरमा लेखिएको छ– महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार । नन्कुन्नीका भाइ माताप्रसाद धोबीले दिदी नन्कुन्नीका निम्ति न्याय माग्न यहाँसम्म आउनुपरेको बताए ।


प्रकाशित : आश्विन २२, २०७८ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्