कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हनुमान ढोकाको दसैं घरमा राखियो जमरा

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको छ । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

हुनमान ढोकास्थित दसैं घरमा बिहीबार विधवत रुपमा घटस्थापना गरिएको छ । बिहान ११ बजेर ४६ मिनेटमा दसैं घरमा घटस्थापना गरिएको हो । सो अवसरमा नेपाली सेनाले मंगल धुन बजाएको थियो । सो अवसरमा बन्दुक पड्काएर बढ्याइँ गरिएको थियो ।

बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।


प्रकाशित : आश्विन २१, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्

पाँचथर बालिका मृत्यु प्रकरण : ५ सदस्यीय छानबिन समिति गठन

लक्ष्मी गौतम

पाँचथर — पाँचथर अस्पतालमा उपचाररत तीन वर्षीया बालिका क्रिस्टिना थाम्सुहाङको मृत्यु प्रकरणको छानबिनका लागि ५ सदस्यीय छानबिन समिति गठन भएको छ । समिति गठनपश्चात अन्त्येष्टि गर्न ४० हजार रुपैयाँ उपलब्ध गराउन स्थानीय प्रशासन सहमत भएसँगै मृतकको शव पोस्टमार्टम गर्न अविभावक सहमत भएका छन् ।

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय पाँचथर प्रमुख जिल्ला अधिकारी पुष्यप्रसाद ढकालसहित सुरक्षा निकायका प्रमुख, अस्पताल व्यवस्थापन समिति नागरिक समाज र राजनीतिक दलसँगै मृतकका आफन्तहरुको उपस्थितिमा भएको छलफलमा सहमति जुटेको हो ।

घटनाका छानबिनका लागि नेपाल रेडक्रस सोसाइटीका सभापति कृष्णप्रसाद बास्कोटा संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा पाँचथर अस्पतालका मेडिकल रेर्कड अधिकृत नारायण जोशी, मृतकका पिता कमल थाम्सुहाङ, आफन्त होमराज थाम्सुहाङ र पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल सदस्य छन् । समितिले ७ दिनभित्र छानबिन प्रतिवेदन तयार पार्ने समयसीमा तोकिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । यसैगरी मृतकको आजै पोस्टमार्टम गरेर आफन्तले शव बुझ्ने प्रक्रिया सुरु गरिएको छ ।

ज्वरो आएपछि २ दिनअघि अस्पताल भर्ना भएकी फिदिम नगरपालिका २ कि ३ वर्षीया क्रिस्टिनाको वुधबार बिहान चिकित्सकले सुई लगाइदिएलगत्तै निधन भएको थियो । घटना छानबिनको माग गर्दै मृतकका आफन्तले बुधबार राति अस्पताल परिसरमा ढुंगामुढा प्रहार गर्दै भवनसहितका संरचनामा क्षति पुर्‍याएका छन् ।

पाँचथर जिल्ला अस्पतालले आजदेखि आकस्मिकबाहेक सबैखाले सेवा ठप्प पारेको छ । अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सकलाई अभद्र व्यवहार गरेको भन्दै अस्पतालले सेवा ठप्प पारेको हो ।

प्रकाशित : आश्विन २१, २०७८ १२:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×