१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

खुला आकाशमुनि उपचार [तस्बिरहरू]

मनोज पौडेल

कपिलवस्तु — कृष्णनगर नगरपालिकाका तीनवटा वार्डमा फैलिएको झाडापखालाका बिरामी बढ्दै गएका छन् । अवस्थामा नियन्त्रणमा रहेपनि संवेदनशिल रहेको स्वास्थ्यकर्मीले बताएका छन् । बुधबार दिउँसोसम्म ३५ जना बिरामी उपचारका लागि बहादुरगन्जस्थित शिवराज अस्पताल आएका छन् । मंगलबार साँझदेखि राति ११ बजेसम्म २० बिरामी आएका थिए ।

६ गाउँमा फैलिएको झाडापखाललाबाट सोमबार साँझबाट अस्पतालमामात्रै एक सय ४९ जना बिरामी उपचार गराइरहेका छन् । निजी क्लिनिकमा करिब एक सयले उपचार गराइरहेका छन् ।

उपचारमा आएर निको भई घर फर्केका एक जना पनि छैनन् । उपचारपछि अवस्था सामान्य भएका ४८ जनालाई महेन्द्र प्राविमा अब्जर्भेसनमा राखिएको छ । सिकिस्त भएका ३५ जनालाई थप उपचारकालागि सुविधा संपन्न तौलिहवा, भैरहवा र बुटवल रिफर गरिएको छ ।

बिरामीहरुमा पखाला लाग्ने, पेट दुख्ने, उल्टी हुने र कमजोरी हुने लक्षण देखिएका छन् । अस्पतालमा बेड अभाव भएपनि टेन्टबाट भाडामा बेड ल्याएर बाहिर खुला मुनी र प्रतिक्षालायलाई बेड बनाएर उपचार भइरहेको छ । अस्पतालमा जनशक्ती अभाव भएपछि कृष्णनगर नगरपालिका, कपिलवस्तु जिल्ला अस्पताल र प्रदेश मन्त्रालयले जनशक्ती पठाएको छ ।

दूषित पानीका कारण प्रकोप फैलिएको आशंका गरिएको छ । विभिन्न भौगोलिक क्षेत्रमा ५ जनाको दिशा परीक्षण गर्न बुटवल पठाइएको छ । रिपोर्ट आएपछि रोग पहिचान हुने अस्पतालका मेसु डा. मुकेश चौधरीले बताए । उपचाररत दुई जना बिरामीको मंगलबार बिहान मृत्यु भएको थियो ।


प्रकाशित : आश्विन २०, २०७८ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्