एमाले विधान महाधिवेशन : मास्क न सामाजिक दूरी

तस्बिर : अंगद ढकाल

काठमाडौँ — एमाले विधान महाधिवेसन तीन दिनदेखि गोदावरीमा जारी छ । महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिहरुको जमघट छ । कोरोना महामारीकै बीच भएको महाधिवेशनमा स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्ने नेताहरुले बताएका थिए । तर महाधिवेशन स्थलको अवस्था हेर्दा त्यहाँ मापदण्ड पालना भएको देखिँदैन । महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिनिधिहरु केन्द्रीय नेताहरुसँग फोटो खिच्न लालयित देखिए । कार्यक्रम स्थलमा बिहान केही प्रतिनिधिहरुले देउडासमेत खेले । सामाजिक दूरी त परै जाओस् मास्क पनि सही रुपमा लगाएको पाइएन । प्रमुख नेताहरु नै पनि बिना मास्क सामूहिक फोटो खिच्न व्यस्त रहे ।


प्रकाशित : आश्विन १७, २०७८ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्