कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका सात तस्बिरहरू । काठमाडौंको नरेफाँटमा फोहोर उठाउँदै सफाइ कर्मचारीहरू । फोहोर विसर्जन स्थल सिसडोल जाने सडक वर्षायाममा अवरुद्ध हुँदा ढिलो गरी फोहोर उठ्ने गरेको छ । तस्बिरः दीपेन्द्र रोका

ललितपुरको गोदावारीमा जारी एमाले विधान महाधिवेशनमा सहभागीहरू । तस्बिरः इलिट जोशी

जितिया पर्वको अवसरमा बुधबार टेकुस्थित वाग्मती नदीको किनारमा पूजा गर्दै व्रतालुहरू । तस्बिरः सन्जोक मानन्‍धर

ललितपुरको सानेपास्थित हेल्थ होम केयर नेपालमा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइँदै । तस्बिर : बिजु महर्जन

मौसम सफा भएपछि विश्व सम्पदास्थल लुम्बिनीबाट देखिएको हिमाल । तस्बिरः मनोज पौडेल

सेनिटरी प्याडमा सरकारले कर लगाएपछि शुक्रबार माइतीघर मण्डलामा संकेतिक विरोध गर्दै सभागी एक महिला । तस्बिरः सन्जोक मानन्धर

पशुपति मन्दिर परिसर नजिकै वाग्मती नदीमा पानीको मात्रा बढेपछि नुहाउँदै बालबालिकाहरू । तस्बिरः सन्जोक मानन्धर

प्रकाशित : आश्विन १६, २०७८ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्