कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

'सनराइज हल' मा एमालेको विधान महाधिवेशन रौनक [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा शुक्रबारबाट सुरु हुँदैछ । महाधिवेशनमा नेतृत्व छनोटको विषयले छायाँमा पारेको भन्दै एमालेले वैचारिक विषयमा मात्रै छलफल गर्न महाधिवेशन गर्न लागेको हो । विधान महाधिवेशनमा करिब ६ हजार प्रतिनिधि सहभागी रहने एमालेको जनाएको छ । तीन हजार सिट क्षमता भएको ललितपुरको गोदावरीस्थित सनराइज हलमा प्रतिनिधिहरु राख्नका लागि अतिरिक्त व्यवस्थापन गरिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत हुनेछ । तीन दिनसम्म चल्ने महाधिवेशनलाई एमालेले आगामी निर्वाचनको तयारीको रुपमा समेत गर्ने तयारी छ । आगामी मंसिर महिनामा एमालेले १०औं राष्ट्रिय महाधिवेशन गरेर नेतृत्व छनोट गर्दैछ । विधान महाधिवेशनले भने ५ वर्षसम्म चल्ने पार्टीको निति निर्धारण गर्नेछ ।


प्रकाशित : आश्विन १४, २०७८ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्