२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

रेलिङमाथि फड्को

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — एउटा तस्बिरमा देख्न सकिन्छ– अभिभावकले आफ्ना नानीहरुलाई रेलिङ नघाउँदै छन् । सवाल उठ्छ– सन्ततिलाई हामी कस्तो संस्कार सिकाउँदै छौं ? हामीबाट उनीहरुले के सिके ? यो अनुशासनको मात्र विषय होइन, ज्यानै जोखिममा पर्ने सुरक्षाको चिन्ता पनि हो । ट्राफिक नियमको उल्लंघन हो । बालबालिका र ज्येष्ठ नागरिकमात्र होइन, बुझक्कड र शिक्षित युवा पुस्ताले पनि निर्धक्क जथाभावी रेलिङ नाघ्ने र बाटो काट्ने गरेको देखिन्छ– राजधानीका मुख्य सडकहरुमा । त्यतिमात्र कहाँ हो र, त्यसो गर्नबाट अरुलाई रोक्ने जिम्मेवारी भएका सुरक्षाकर्मी पनि रेलिङ फड्किरहेको भेटिन्छ ।

काठमाडौंलगायत प्रमुख सहरका मुख्य सडकपेटीमा रेलिङ छन् । बेलाबखतका आन्दोलन र विरोध प्रदर्शनमा भीडको आक्रोशको सिकार हुन्छ रेलिङ । रेलिङ सडकको सजावटका लागि मात्र होइन, सुरक्षा र अनुशासनका लागि हो । यसले पैदल यात्री र सवारीको बाटो छुट्याउँछ । रेलिङ नाघ्नु हुँदैन । त्यसो गर्नुले सडक अनुशासन उल्लंघन त हुन्छ नै, पैदल यात्रुका लागि दुर्घटनाको जोखिम बढाउँछ । तर सहरका मुख्य भागका रेलिङ नाघ्नु संस्कारजस्तै भइसकेको देखिन्छ । संघीय राजधानीमै दिनहुँका दृश्य यस्ता छन् ।


प्रकाशित : आश्विन १२, २०७८ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्