विश्व पर्यटन दिवस : नेपाल खुल्यो, पर्यटक छैनन् [तस्बिरहरू]
काठमाडौँ — हरेक वर्षको सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसको रुपमा मनाइन्छ । महामारीको रुपमा फैलिएको कोरोनाले पर्यटन क्षेत्रलाई प्रभावित पारेको छ । २ वर्षदेखि पर्यटन क्षेत्र प्राय शून्य नै रहृयो । पर्यटकलाई लक्षित होटल, ट्रेकिङ, आरोहणलगायतका व्यवसायहरू सम्हालिन गाह्रो परिरहेको छ ।
पर्यटन दिवसको दिन पर्यटकले भरीभराउ हुने ठमेल क्षेत्र विगत वर्षजस्तै यस वर्ष पनि औपचारिकता मै सीमित रहृयो । सरकारले पर्यटन क्षेत्र खुला गरेको छ । कोरोना विरुद्धको खोप लगाउने संख्यामा विश्वमा वृद्धि हुन थालेपछि पर्यटन क्षेत्र केही जुर्मुराउन थालेको छ । पर्यटन क्षेत्र लयमा फर्कने आशमा व्यवसायीहरूले लगानी बढाउन थालेका छन् ।