१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

खुल्यो दसैंका लागि अग्रिम टिकट बुकिङ

तस्बिर : कविन अधिकारी

काठमाडौँ — सोमबारदेखि दसैंका लागि लामो दूरीका यातायातको अग्रिम टिकट बुकिङ खुलेको छ । दसैंमा घर जानेहरू बिहानैदेखि नयाँ बसपार्कलगायतका स्थानमा टिकट बुकिङका लागि पुगेका छन् । यातायात व्यवस्था विभागका अनुसार अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ ।

१४ स्थानबाट टिकट लिन र यात्रु छुट्ने व्यवस्था गरिएको विभागले जनाएको छ । ती स्थानमा नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नाडा (नाडा) सामुदायिक प्रहरी,ट्राफिक प्रहरी, विभागसहितको हेल्प डेस्क रहेका छन् । यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिए तत्कालै कारबाही गरिने विभागले जनाएको छ । साथै यात्रुको चापलाई मध्यनजर गर्दै अनलाइन टिकट बुकिङको पनि व्यवस्था मिलाइएको यातायात व्यवसायीले जनाएका छन् ।

प्रकाशित : आश्विन ११, २०७८ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्