कीर्तिपुर मैदानमा जब उत्रिए साहिद अफ्रिदी... [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणअन्तर्गत पहिलो खेलमा काठमाडौं किंग्स ११ ले ललितपुर प्याट्रियट्सविरुद्ध ७ विकेटको जित हात पारेको छ । कीर्तिपुरस्थित टियू खेल मैदानमा भएको पहिलो खेलमै पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी काठमाडौं किंग्स ११ बाट मैदानमा उत्रिएका थिए । सन्दीप लामिछानेको कप्तानीमा अफ्रिदीको खेल कौशल हेर्न दर्शकको घुइँचो लागेको थियो ।

पाकिस्तानी स्टार अफ्रिदीसहित भुटान, मलेसिया, बंगलादेश, वेस्ट इन्डिज लगायत देशका खेलाडीहरु समेत कीर्तिपुर खेल मैदानमा थिए । ललितपुरविरुद्धको खेलमा काठमाडौं किंग्स ११ का लागि अफगानिस्तानका गुर्बाजले ३६ बलमा ५९ र बर्लले ३४ बलमा ७३ रन बनाएपछि काठमाडौं किंग्सले १ सय ५८ रनको लक्ष्य सजिलै १५ ओभर भित्र १ सय ६० रन बनाउदै पूरा गर्‍यो ।

बर्लले ३ चौका र ७ छक्का प्रहार गरी अविजित रहे । अर्का अविजित ब्याटर राजु रिजालले १३ बलमा २ चौकासहित १९ रन बनाए । सुवास खकुरेल आफूले सामना गरेको पहिलो बल र अमित श्रेष्ठ ४ रनमा रनआउट भए पनि गुर्बाज र बर्ल ललितपुरका बलरमाथि जाइलागेका थिए । गुर्बाजले ४ चौका र ४ छक्का प्रहार गरे । उनलाई पवन सर्राफले स्टम्प आउट गराए ।


प्रकाशित : आश्विन ९, २०७८ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्