साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता कान्तिपुरमा प्रतिनिधिसभामा विपक्षी एमालेको विरोधका क्रममा देखिएको घम्साघम्सी, इपीएल खेल, सरकारले सेनिटरी प्याडको मूल्य वृद्धि गरेपछिको विरोध प्रदर्शनलगायत तस्बिरले प्राथमिकता पाए । त्यस्तै उपत्यकाको प्रशिद्ध इन्द्रजात्राको अवसरमा रथ तान्ने, श्‍वेतभैरवको प्रसाद खाने लगायत गतिविधिका तस्बिरहरु पनि दर्शक/पाठकले रुचाए । सिन्धुपाल्चोक हेलम्बुमा बनाइएको एकीकृत बस्ती, कलंकीस्थित रुखको हाँगामा माकुराले बनाउँदै गरेको जालोको तस्बिर पनि समेटिएका थिए ।

मंगलबार राति करिब ८ बजे बालक बेपत्ता भएको काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकै ढल । तस्बिर : दिपक केसी

ईन्द्रजात्राको अन्तिम दिन कुमारीको रथ तान्दै स्थानीय । तस्बिर : संजोग मानन्धर

सरकारले सेनिटरी प्याडको मूल्य वृद्धि गरेपछि माइतीघर मण्डलामा विरोधमा उत्रिएका युवाहरु । तस्बिर : सन्जोग मानन्धर

सभामुखले प्रतिनिधिसभा बैठक सुरु गर्नेबित्तिकै प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुलाई वेलभन्दा अगाडि जानबाट रोक्न दौडिँदै मर्यादापालकहरु । तस्बिर : अंगद ढकाल

पाकिस्तानका सुपरस्टार क्रिकेटर शाहिद अफ्रिदी इपीएल खेलअन्तर्गत काठमाडौं किङ्सबाट ललितपुर प्याट्रियसविरुद्ध टियू मैदानमा बलिङ गर्दै । तस्बिर : इलिट जोशी

कलंकीस्थित रुखको हाँगामा माकुराले बनाउँदै गरेको जालो । तस्बिर : अनिश रेग्मी

प्रकाशित : आश्विन ९, २०७८ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्