२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पोखरामा कांग्रेस चुनावको रौनक [फोटोफिचर]

दीपक परियार

पोखरा — कांग्रेसको पोखरा महानगर समितिको निर्वाचनस्थल नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा शनिबार बिहानैदेखि चहलपहल सुरु भयो । नयाँबजारको मुल सडकदेखि प्रदर्शनी केन्द्रसम्मै उम्मेदवारको तुल, ब्यानरलगायत प्रचार सामग्रीले रंगीचंगी देखिन्थ्यो । उम्मेदवारले छुट्टाछुट्टै स्टल राखेर मत माग्न, पर्चा बाँड्न, पानी वितरण गर्न आफ्नो मान्छे खटाएका थिए । उम्मेदवार स्वयं भने मतदानस्थल प्रदर्शनी केन्द्रको डोमको बाहिरपट्टी बसेर मतदातासँग मत मागिरहेका थिए ।

आफ्नो उम्मेदवारको पक्षमा मत माग्न खटिएका कांग्रेस कार्यकर्ताको ओहोरदोहोरले चुनावी माहोलमा रौनकता थपेको थियो । उम्मेदवार भने सौहार्द्धरुपमा सँगसँगै जसो बसेर मतदातास्थल भित्र प्रवेश गर्ने मतदातासँग मत मागिरहेको देखिन्थे । कांग्रेसको महानगर समितिको सभापतिमा ६ उम्मेदवार प्रतिस्पर्धामा छन् । गंगाधर पराजुली, ज्योति हमाल, मिलनप्रसाद तिवारी, मोहनप्रसाद बास्तोला, रामराज लामिछाने र सुरेन्द्रमान विजुक्छे चुनावी मैदानमा छन् । दुई उपसभापति पदका लागि कृष्णप्रसाद अधिकारी, निर्दोशविक्रम पौडेल, प्रयागराज भण्डारी, भवसागर बराल, राजेन्द्र बराल र शिव केसीको प्रतिस्पर्धा छ । दुई सचिव पदका लागि गणेशबहादुर थापा, टुवराज बास्तोला र सुरेन्द्रबाबु तिवारी चुनावी मैदानमा छन् । दुई सहसचिव पदमा नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रविन कायस्थ, लक्ष्मी बास्तोला, सञ्जय आले र संघर्ष कोइराला चुनावमा उठेका छन् ।

प्रकाशित : आश्विन ९, २०७८ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्