जो १८ वर्षदेखि लाखे बनिरहेछन्

तस्बिर : इलिट जोशी

काठमाडौँ — चिकंमुगल बस्दै आएका ४१ वर्षीय शिव रञ्जितले मजिपा लाखे (लाखे आजु) भएर नाच्न थालेको १८ वर्ष जति भयो । उनीलाई इन्द्र जात्राको समयमा प्रमुख आर्कषण नै मानिन्छ । यो जात्रा एक सातासम्म चल्छ । जुन वसन्तपुर वरीपरी देखाइन्छ । उनी मुकुन्डो, कपडा, फेटा घंगाला लगाएर नाच्छन् । पौराणिक कथनहरुमा लाखेलाई एक दानवका रुपमा परिभाषित गरे पनि नेवार समुदायमा लाखेलाई एक शक्तिशाली देवताको रूपमा पुज्ने गरिन्छ ।

लाखेले आफूमा रहेको दानव आचरण त्यागेर साना बालबालिकाको रक्षाको दायित्व लिएका कारण नेवार समुदायमा लाखेलाई एक शक्तिशाली संरक्षकका रुपमा पुजा गर्ने गरेको बताइन्छ । आफ्नो संस्कृति अनुसार लाखे नाच्न पाउँदा उनी दंग छन् । । वसन्तपुरबाट केही मिटर टाढा लाखेननी, (इन्द्रजात्रा)मा निस्किन्छन् । इन्द्रजात्रा सुरु भएको एक सातासम्म मजिपा लाखे नाचेको दृश्य हेर्न सयौं मानिस यहाँ पुग्छन् ।


प्रकाशित : आश्विन ८, २०७८ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्