कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आए अफ्रिदी [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी 'एभरेस्ट प्रिमियर लिग' खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । शनिबार सुरु हुने 'एभरेस्ट प्रिमियर लिग' को चौथो सिजन अन्तर्गत अफ्रिदी काठमाडौं किङ्स ११ बाट त्रिवि क्रिकेट मैदनमा खेल्नेछन् ।

प्रकाशित : आश्विन ७, २०७८ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्

विनियोजन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइयो

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७८ प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका छन् । राष्ट्रिय सभाबाट पारित भएर आएको सन्देश प्रतिनिधिसभामा बिहीबार सुनाउँदै सभामुखले प्रमाणीकरणका लागि पठाएका हुन् । 

'संघीय संसद्, प्रतिनिधिसभाको २०७८ असोज ४ गतेको बैठकबाट पारित भई सोही दिन राष्ट्रिय सभामा पठाइएको 'विनियोजन विधेयक, २०७८' आज बसेको राष्ट्रिय सभाको बैठकबाट पारित भयो,' सभामुखको सचिवालयले भनेको छ, 'राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा प्राप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीत गरी प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको छ ।'

राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गरेपछि लागू हुनेछ ।

विनियोजन विधेयक पारित नहुँदा सरकारको खर्च रोकिएको थियो । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि सरकारलाई खर्च गर्ने बाटो खुल्नेछ ।

प्रकाशित : आश्विन ७, २०७८ १६:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×