१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

श्‍वेत भैरवको प्रसाद खाना तँछाडमछाड [तस्बिरहरु]

तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — इन्द्रजात्राको अवसरमा हनुमानढोकामा रहेको हाथुद्य: (श्‍वेत भैरव) को मुखबाट निस्कने प्रसाद (जाँड) र समयबजी मंगलबार राति खुवाइएको छ । जात्राको अवसरमा एक दिन महिलालाई मात्रै प्रसाद खुवाउने चलन छ । त्यसक्रममा मंगलबार राति महिलाहरु प्रसाद खाना तँछाडपछाड गरिरहेका थिए ।

इन्द्रजात्रा काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउँछन् । यसलाई यञ्या पुन्हि पनि भनिन्छ। उपत्यकामा आठ दिनसम्म इन्द्र जात्रा मनाइन्छ । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। यी ८ दिनमध्ये १ दिन हनुमानढोकामा रहेको श्वेत भैरव (हाथा द्यः) को मुखबाट निस्कने प्रसाद महिलालाई मात्रै खुवाइन्छ ।

प्रसादको रुपमा कथःथ्व (जाँड) खुवाउने चलन छ । प्रसाद खान चाहने महिलाहरु लाइन लाग्नु पर्छ । प्रसाद रातको समय खुवाइन्छ । मंगलबार राति पनि प्रसाद खान सयौं महिला हनुमानढोकामा उपस्थित भएका थिए । उनीहरु प्रसाद खान तँछाडमछाड गरिरहेका थिए । श्वेत भैरवको मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसाद बाँडिएको थियो ।

प्रकाशित : आश्विन ५, २०७८ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्