दसैंलाई नयाँ नोट

तस्बिर : कविन अधिकारी

काठमाडौँ — दसैं र तिहारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सेवा सुरु गरेको छ । नयाँ नोट साट्न राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा सर्वसाधारण पुगेका थिए । यसपटक सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिइएको छ । राष्ट्र बैंकले सोमबारदेखि नै बाँडे पनि अन्य बैंक र वित्तीय संस्थाले दसैंको १५ दिनअघिबाट मात्र वितरण गर्नेछन् ।


प्रकाशित : आश्विन ४, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्