२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

गाँजालाई वैधानिकता दिनुपर्ने मागसहित प्रदर्शन

तस्बिर : इलिट जोशी

काठमाडौँ — गाँजालाई वैधानिकता दिन र गाँजा राखेको आरोपमा पक्राउ परेका राजीव काफ्लेको रिहाईका माग गर्दै सोमबार काठमाडौंमा प्रदर्शन गरिएको छ । सोमबार माइतीघरमा काफ्लेको रिहाई माग गर्दै एउटा समूहले प्रदर्शन गरेको हो ।

उनीहरूले गाँजालाई वैधानिकता प्रदान गरी देशको अर्थतन्त्र उकास्न सरकारसँग माग पनि राखेका छन् । प्रदर्शनकारीले ‘गाँजावादी एक हौँ’, ‘देश गाँजा खानेले होइन, नखानेले बिगारेको हो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

दुई साताअघि नेपाल प्रहरीले गाँजा सेवन र बिक्रीको आरोपमा राजीव काफ्लेलाई पक्राउ गरेको थियो । गाँजामाथिको प्रतिबन्ध खुलाउन नेपालभित्र र अन्तर्राष्ट्रियस्तरमा पनि लबिङ गरिरहेका काफ्लेलाई उनको रेस्टुराँमा काम गर्ने एक कामदारको साथबाट ८३ ग्राम गाँजा भेटिएको अभियोग पक्राउ गरिएपछि त्यसमाथि  बहस सुरु भएको छ । 

प्रकाशित : आश्विन ४, २०७८ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्