२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

वसन्तपुरमा कुमारी पूजा

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — काठमाडौंको वसन्तपुरमा शनिबार सामूहिक कुमारी पूजा गरिएको छ । कुमारी पूजा सेवा समिति भक्तजन परिवारको आयोजनामा इन्‍द्रजात्राको अवसर पारेर हरेक वर्ष उक्त कार्यक्रमको आयोजना गरिँदै आइएको छ । यसपटक आइतबार परेको इन्द्रजात्राको अवसर पारेर वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा गरिएको हो । पूजामा ५४ कुमारी सहभागी थिए ।


प्रकाशित : आश्विन २, २०७८ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्