२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता कान्तिपुरमा काठमाडौं उपत्यकाका विभिन्‍न स्थानमा थुप्रिएका फोहोर, एमसीसीको विरोधमा उत्रिएकाहरुमाथि प्रहरीको लात्ती हानेकोलगायत तस्बिरले प्राथमिकता पाएका छन् । त्यस्तै पहिलो चरणको जनगणनामा गाउँगाउँ पुगेका गणक, विश्वकर्मा पूजाका तस्बिरहरु र उपत्यकाबाहिरको कपिलवस्तुको तौलिहवाबाट देखिएको हिमश्रृंखलाको तस्बिरले पनि स्थान पायो । लोकप्रिय बनेको अर्को तस्बिर हो, सप्तरीका एक शिक्षकले घर पायक सरुवाका लागि शिक्षकले सामूहिक भोज गराएको ।

नारायणटारस्थित शंकरापुर अस्पातलको अगाडि फोहोरको डंगुर । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

काठमाडौंको नयाँ बानेश्वर चोकमा एमसीसी विरुद्ध प्रदर्शन गर्न आएका प्रदर्शनकारीलाई धरपकड गर्दै प्रहरी । तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर

विद्यालयमा सहज रूपमा काम गर्न दिने सहमति बनेपछि सोमबार शिक्षकले दिएको भोज खाँदै सप्तरीको खडक–३ का स्थानीय । तस्बिर : अवधेशकुमार/कान्तिपुर

बुद्धनगरस्थित निर्माणाधीन घरमा रगं लगाउँदै मजदुर । तस्बिर : दीपक केसी/कान्तिपुर

विश्वकर्मा बाबाको मर्तिमा रगंरोगन गर्दै कालीगढ । तस्बिर : संजोग मानन्धर/कान्तिपुर

ताप्लेजुङको फुङलिङ नगरपालिका ७ दोखुमा घरपरिवार संख्यात्मक विवरण लिँदै सुपरीवेक्षक र विवरण दिँदै स्थानीय । तस्बिर : आनन्द गौतम/कान्तिपुर


प्रकाशित : आश्विन २, २०७८ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्